जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०५ गते ।
--------------------------------------------

जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी जवान दिपक चौधरीलाई सेवाग्राहीसँग रु. ५,०००।-(पाँच हजार) घुस वापतको रकम लिईसकेको अवस्थामा उक्त घुस रकमसहित  रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सेवाग्राहीले भारतको बनबासा बजारबाट मालसामान क्यारिङ गर्ने क्रममा भन्सार तिरिसके पश्चात पनि सामान भित्र्याउन सहजीकरण गरी दिने प्रयोजनार्थ जिल्ला कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निज प्रहरी जवान दिपक चौधरीलाई विगो रु. ५,०००।-(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24