साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झासमेत ३ जना उपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०४ गते
------------------------------------------ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरको गोदाममा राखेको रु.१९,०७,३५०।- (उन्नाईस लाख सात हजार तीन सय पचास) बराबरको रासायनिक मल भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका उच्च तहका हाकिम समेतको मिलेमतोमा हिनामिना भएको सम्बन्धमा कर्पोरेशनको केन्द्रीय कार्यालयबाट छानबिन भइरहेको र केन्द्रीय कार्यालयले भण्डार प्रमुख दिलचन्द्र राईलाई निलम्बन गरेको भन्ने समेत व्यहोरा उपर अनुसन्धान हुँदा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झाले कार्यालय प्रमुख जस्तो जिम्मेवार पदमा कार्यरत रहँदा कार्यालयका गोदामहरुमा भएको रकम रु. १९,०७,३५०।- (उन्नाइस लाख सात हजार तीन सय पचास) बराबरको रासायनिक मल अनियमित तरिकाले गोदामबाट विक्री वितरण गरिंदा समेत जिम्मेवारी वहन नगरेको, तत्कालीन प्रमुख सहायक दिलचन्द्र राईले आफ्नो जिम्मामा रहेका रासायनिक मलहरु जिन्सी कितावमा आम्दानी देखाई अनियमित तरिकाले विक्री वितरण गरेको र तत्कालीन जुनियर सहायक खगेन्द्र वस्नेतले समेतले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने वदनियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा विगो रु. १९,०७,३५०।- (उन्नाईस लाख सात हजार तीन सय पचास) कायम गरी निज प्रतिवादीहरु नविनचन्द्र झा, दिलचन्द्र राई र खगेन्द्र बस्नेत समेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिमको सजाय गरी हिनामिना हानि नोक्सानी भएको विगो रु. १९,०७,३५०।- (उन्नाइस लाख सात हजार तीन सय पचास) ऐ. ऐनको दफा १७ वमोजिम असुल उपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24