अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीका प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०२ गते ।
---------------------------------------

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु.१३,०००।–(तेह्र हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

अस्थाई प्रहरी पोष्ट कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेश प्रसाद चौधरीले नेपाल-भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने नुन, तेल, चिनी लगायतका सामानहरु खरिद गरी ल्याउने क्रममा उक्त सामानहरु ल्याउन सहज गराइदिन्छु भनी घुस/रिसवत बापत रु.३५,०००।–रकम माग गरी सोही दिन लिएको रु.१९,१००।–(उन्‍नाइस हजार एक सय) र मिति २०७६/०६/३० गते घुस रिसवतबापत अघिल्लो दिनको बाँकी रु. १३,०००।–(तेह्र हजार) गरी कुल विगो रु.३२,१००।- (बत्तीस हजार एक सय) घुस/रिसवत बापत लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज प्रहरी सहायक निरीक्षक बृजेश प्रसाद चौधरी उपर विगो रु.३२,१००।- (बत्तीस हजार एक सय) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१)को खण्ड (ख) वमोजिम कैद र जरिवाना हुन र सेवाग्राहीसँग घुस रिसवत वापत लिएको रकम रु.१९,१००।-(उन्‍नाइस हजार एक सय) निज आरोपितवाट असुल उपर गरी जफत हुन मागदावी लिईएको ।

साथै उजुरीकर्ता/निवेदक संजित कुमार यादवले मिति २०७६/०६/२९ गते आरोपितलाई घुस रिसवतबापत रु.३५,०००।–(पैतीस हजार) दिने सहमति समेत गरी तत्कालै रु.१९,१००।–(उन्‍नाइस हजार एक सय) घुस/रिसवत बापत दिएको देखिन आई निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनुपर्ने देखिन आए तापनि निजले सो समयमा निजले घुस/रिसवत बापत मागे वमोजिम रु.३५,०००।–(पैतीस हजार) रकम सबै नबुझाई आरोपितलाई कानुन वमोजिम कारवाही गराउने मनसायले बाँकी रहेको रु.१५,०००।- मध्ये रु.१३,०००।–(तेह्र हजार) रकम घुस रिसवतबापत दिने समयमा आयोगको कार्यालय वर्दिवासमा सूचना दिई अनुसन्धानको क्रममा समेत सम्पूर्ण व्यहोरा खोली सहयोग गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुटको मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24