मालपोत कार्यालय, पर्साका तत्कालीन फाँटवाला मदन प्रसाद गुप्ता उपर आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०२ गते
------------------------------------------

मालपोत कार्यालय, पर्साको आ.व. २०७०/०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ख” का तत्कालीन फाँटवाला मदन प्रसाद गुप्ताले उठाएको राजश्व प्रचलित कानून बमोजिम समयमै दाखिला नगरी हिनामिना गर्ने तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको सप्रमाण पुष्टि हुन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) र सोही ऐनको दफा १२ बमोजिमको कसुर गरेको देखिएकोले निज प्रतिवादी मदन प्रसाद गुप्तालाई हिनामिना भएको राजश्व रकम रू.७७,८६,८१६/- (अक्षेरुपी सतहत्तर लाख छयासी हजार आठसय सोह्र) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा सोही ऐनको दफा १२ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24