महाराजगंज नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, महाराजगंज, कपिलवस्तुका इन्जिनियर (करार) संतोषकुमार चौधरी बिरुद्ध आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२७ गते ।
---------------------------------------------
 
कपिलवस्तु जिल्ला, महाराजगंज नगरपालिका, कपिलवस्तुमा करार कर्मचारी भर्नाको सूचना अनुसार दरखास्त दिएका सिभिल इञ्जिनियर पदका उम्मेदवारले ई-विडिङ सम्बन्धी विषयको तालिम (Electronic Government Procurement (E-GP) Training) को किर्ते सर्टिफिकेट बनाई कर्मचारी र उम्मेदवारको मिलेमतोमा आफ्नो मान्छेलाई मात्र संक्षिप्त सूचीमा राखी नियुक्त गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महाराजगंज कपिलवस्तुका इन्जिनियर संतोषकुमार चौधरीले नक्कली झुठ्ठा ई-विडिङ सम्बन्धी विषयको तालिम (Electronic Government Procurement (E-GP) Training) को प्रमाणपत्र पेश गरी उक्त कार्यालयको इन्जिनियर (करार) पदमा नियुक्ति भई सरकारी सेवा सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज इन्जिनियर संतोषकुमार चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24