मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराई बिरुद्ध आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२६ गते ।
---------------------------------------
 
मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी  मनहरी भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरी दिने कार्यका लागि मिलेमतो गरी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी  मनहरी भट्टराईलाई रू.१२,०००।– (बाह्र हजार) घुस रिसवत लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. २९ मालपोत कार्यालय परिसर नजिकबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिईएको थियो।
अनुसन्धानको सिलसिलामा मातपोत कार्यालय, लेखनाथ कास्कीमा मुद्दा फाँटमा कार्यरत खरिदार प्रकाश पौडेलले सेवाग्राहीको जग्गा नामसारी गर्ने कार्यका लागि लेखापढी व्यवसाय गर्ने मनहरी भट्टराईसँग मिलेमतो गरी निजमार्फत घुस/रिसवत रु.१२,०००।–(बाह्र हजार) सेवाग्राहीबाट लिन लगाई खरिदार प्रकाश पौडेलले लिएको अवस्थामा बरामद भएको तथ्य पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी प्रकाश पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.१२,०००।–(बाह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको साथै लेखापढी व्यवसायी मनहरी भट्टराईको हकमा निजले नामसारी गर्ने कार्यका लागि खरिदार प्रकाश पौडेल र आफूसमेतको लागि घुस/रिसवत रकम लिई प्रकाश पौडेललाई उपलब्ध गराएको पुष्टि हुन आएकोले निज मनहरी भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुरमा विगो रु.१२,०००।–(बाह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24