सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्य बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
------------------------------------------
सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यले व्यक्तिगत घरायसी प्रयोजनका लागि चाहिने सामान ओसार-पोसारमा सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यलाई सेवाग्राहीसँग रू. ७,०००/- (सात हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित, नौलो किराना पसलबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस क्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यले सेवाग्राहीलाई भारतबाट सामान्य घरायसी सामान ल्याउने क्रममा घुस माग गरी दु:ख हैरानी दिई सामान ल्याउन सहज गरी दिने भनी घुस रकम दिन बाध्य पारी सेवाग्राहीसँग रु. ७,०००।–(सात हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि भएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यलाई विगो रु.७,०००।–(सात हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24