सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका प्रहरी निरीक्षक रबिन्द्र कार्की, प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र प्रहरी जवान रतिराम चौधरी बिरुद्ध आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
---------------------------------------
 
सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले भारतको स्थानीय बजारबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक रू.२०,०००।–(बीस हजार मात्र) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा रकमसहित रङ्गेहात नियन्त्रणमा लिइएको थियो ।
 
अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीमा कार्यरत रहेका सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट हुने मालसामानको ओसारपोसारको काम सहज गरिदिने भनी रकमको बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस दिन बाध्य पारी सो वापत सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीसमेतको लागि घुस/रिसवत रु.२०,०००।–(बीस हजार) लिई साथै सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीले आफ्नो लागि द्बय ज्ञानबहादुर चौधरी र रतिराम चौधरीलाई उक्त रकम लिन मञ्जुर गरेकोसमेत पुष्टि हुन आएकोले निजहरु सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्की, सशस्त्र सहायक हवल्दार ज्ञान बहादुर चौधरी, सशस्त्र प्रहरी जवान रतिराम चौधरीले गरेको उक्त कार्य भ्रष्टाचार  निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.२०,०००।– (बीस हजार) कायम गरी आरोपीहरु रबिन्द्र कार्की, ज्ञानबहादुर चौधरी, रतिराम चौधरी तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22