सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका प्रहरी निरीक्षक रबिन्द्र कार्की, प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र प्रहरी जवान रतिराम चौधरी बिरुद्ध आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२० गते ।
---------------------------------------
 
सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले भारतको स्थानीय बजारबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक रू.२०,०००।–(बीस हजार मात्र) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा रकमसहित रङ्गेहात नियन्त्रणमा लिइएको थियो ।
 
अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीमा कार्यरत रहेका सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट हुने मालसामानको ओसारपोसारको काम सहज गरिदिने भनी रकमको बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस दिन बाध्य पारी सो वापत सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीसमेतको लागि घुस/रिसवत रु.२०,०००।–(बीस हजार) लिई साथै सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीले आफ्नो लागि द्बय ज्ञानबहादुर चौधरी र रतिराम चौधरीलाई उक्त रकम लिन मञ्जुर गरेकोसमेत पुष्टि हुन आएकोले निजहरु सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्की, सशस्त्र सहायक हवल्दार ज्ञान बहादुर चौधरी, सशस्त्र प्रहरी जवान रतिराम चौधरीले गरेको उक्त कार्य भ्रष्टाचार  निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.२०,०००।– (बीस हजार) कायम गरी आरोपीहरु रबिन्द्र कार्की, ज्ञानबहादुर चौधरी, रतिराम चौधरी तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26