जिल्ला काठमाडौं टोखा नगरपालिका वडा नं.६ स्थित, लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी, टोखा नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिना बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१८ गते ।
----------------------------------------------

जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं.६ स्थित, लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी तथा टोखा नगरपालिकाका ईन्जिनियरहरुको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा उक्त प्रा.लि. का ओभरसियर प्रशान्त चौधरी, नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सिनासमेतको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाई दिनका लागि सेवाग्राहीबाट रु.५,००,०००।–(पाँच लाख) घुस/रिसवत प्रशान्त चौधरीले आफ्नै कन्सल्टेन्सीमा बोलाई रकम लिई घर निर्माण सम्पन्नको प्रमाणपत्र सेवाग्राहीलाई उपलब्ध गराएकोमा उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज आरोपी प्रशान्त चौधरीलाई विगो रु.५,००,०००।–(पाँच लाख) कायम गरी भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय माग दावी गरिएको, साथै आरोपी दिनेश कुमार पाठकले प्रशान्त चौधरीमार्फत रु.५,००,०००।–(पाँच लाख) लिन लगाएको र उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा टोखा नगरपालिकाका करार ईन्जिनियर दिनेश कुमार पाठकले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले निजलाई भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदावी गरिएको, त्यसैगरी जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ घर भई लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिनाको हकमा पनि उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि भएकोले आरोपी जयराम तिमिल्सिनाउपर सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24