जिल्ला अदालत सिरहाका हलुका सवारी चालक व्रिजमोहन यादव र विरदेव सिंह भन्ने विरीदेव महतोउपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१४ गते ।
---------------------------------------

जिल्ला अदालत सिरहाका हलुका सवारी चालक व्रिजमोहन यादवले अदालतमा विचाराधिन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले निज हलुका सवारी चालक व्रिजमोहन यादवलाई सेवाग्राहीसँग रू.१,१०,०००।–(एक लाख दश हजार मात्र) घुस वापतको रकम लिइसकेको अवस्थामा सिरहा नगरपालिका वडा नं. ७ हस्पिटल चोकस्थित खड्ग होटलबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानका सिलसिलामा आधार प्रमाण र कारणहरुबाट सिरहा जिल्ला अदालतका हलुका सवारी चालक व्रिजमोहन यादवले जिल्ला अदालतमा कारवाहीयुक्त अवस्थामा रहेको लागु औषध मुद्दा मिलाउन भनी रकमको बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवत् दिन बाध्य पारी सोवापतको रकम रु. १,१०,०००।–(एक लाख दस हजार मात्र) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको साथै फरार रहेका विरदेव सिंह भन्ने विरीदेव महतोले उक्त मुद्दा मिलाई दिने बहानामा व्रिजमोहन यादवसँग एकआपसमा मिलेमतो गरी व्रिजमोहन यादवलाई उक्त रकम लिन पठाई निजले उक्त रकम लिई विरीदेव महतोलाई रकम दिन नपाउँदै पक्राउ परेको र विरीदेव महतो हालसम्म फरार रहेको समेतका आधार प्रमाणबाट निजको कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिएकाले विगो रु. १,१०,०००।– (एक लाख दस हजार मात्र) कायम गरी आरोपितहरु द्वय व्रिजमोहन यादव र विरदेव सिंह भन्ने विरीदेव महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१)  तथा दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24