श्री बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------

बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्यले शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग रू ४०,०००/- घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्यलाई सेवाग्राहीसँग रु.४०,०००।–(चालीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिएको थियो ।  
अनुसन्धानको सिलसिलामा श्री बाल ज्योति माध्यमिक बिद्यालय विशुनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियाले बिद्यालयको बिज्ञान बिषयको माध्यमिक तहको शिक्षकको परिक्षामा उत्तिर्ण गराई दिने भनी घुस/रिसवत लिएको देखिदाँ उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज प्रतिवादीहरुलाई विगो रु. ४०,०००।– (चालिस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को  देहाय खण्ड (ख) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24