यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम) रुपकप्रसाद गुरागाई उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------


यातायात ब्यवस्था कार्यालय साना ठुला सवारी ३ नम्वर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन (रा.प.अन. प्रथम)  रुपकप्रसाद गुरागाईले बिद्युतीय सवारी साधनहरुको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज रूपक प्रसाद गुरागाईलाई सेवाग्राहीबाट रू.६०,०००।- (साठी हजार) घुसवापतको रकम बैंक खातामा दाखिला गर्न लगाई सोको बैंक भौचर लिएको अबस्थामा उक्त बैंक भौचर सहित निजकै कार्यालयको अभिलेख शाखाबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा तिनचुली सुन्धारा बिद्युतीय यातायात सेवा प्रा.लि. का रुट परिवर्तन गरी नयाँ रुटमा सञ्चालन गर्ने इजाजतको लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, ३ नम्बर प्रदेश, ललितपुरका सिनियर ईलेक्ट्रिसियन रुपकप्रसाद गुरागाईले घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिदाँ निजलाई विगो रु. ६०,०००।– (साठी हजार) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24