जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जना उपर आरोप पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०७ गते ।
---------------------------------------

जिल्ला पर्सा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्र कुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निजहरू प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीलाई सेवाग्राहीसँग रू.१,००,०००।–(रू. एक लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित चियापसलबाट मिति २०७६।०५।२७ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आधार प्रमाण र कारणहरुबाट करारमा शिक्षक नियुक्ती गरिदिने भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मियाँ अंसारी, सदस्यहरु ईलियास मियाँ अंसारी, जमिल मियाँ तथा  सहायक प्रधानाध्यापक मनिर मियाँको निर्देशन, सल्लाह तथा सहमतिमा  सेवाग्राहीबाट घुस/रिसवत रकम रु. १,००,०००।– (रु. एक लाखमात्र) लिइसकेको अवस्थामा निज सचिन्द्र कुमार कापरको साथबाट उक्त घुस रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको प्रमाणित हुन आएकोले निज आरोपितहरु प्रधानाध्यापक सचिन्द्र कुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमिल मियाँ अंसारी (हाल फरार रहेका) तथा सदस्यहरु ईलियास मियाँ अंसारी र जमिल मियाँ (जना ५) लाई  विगो रु. १,००,०००।– (रु. एक लाखमात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24