त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीसमेत १३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०५ गते ।
---------------------------------------

वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषहरुलाई विभिन्न किसिमका व्यक्ति (विचौलिया) हरुले आर्थिक प्रलोभन देखाएर प्रचलित कानून तथा निर्देशिकाहरुले श्रमस्विकृति प्रदान गर्न रोक लगाएका घरेलु कामदार लगायतका पेशाहरुमा अरविक लगायतका विभिन्न मुलुकहरुमा पुर्‍याइएका महिला तथा पुरुषहरु अलपत्र परेका समाचारहरु संगसंगै त्रि.अ.वि. अध्यागमन कार्यालयले विचौलियाहरुसंग गैरकानूनी आर्थिक लाभ लिएर मिलेमतोमा कतार तथा दुवइ मुलुकका भिजिट भिसामा प्रस्थान अनुमति प्रदान गरी त्यस्ता विचौलियाहरुलाई सघाउ पुर्‍याइरहेको भन्ने विभिन्न संचार माध्यमहरुबाट समाचार प्रकाशित भैरहेको अवस्थामा मिति २०७६/४/१५ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीले ड्यूटीमा रहेकै अवस्थामा डेस्कमा रहेको कम्प्यूटरको नेटवर्क थुतेर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद ब्यक्तिहरूलाई बारम्बार सम्पर्क गरी लाईनमा रहेका महिला यात्रीहरूलाई बोलाई करिव २० जनालाई कुनै पनि कागजातहरू रूजु नगरी अध्यागमन प्रस्थान अनुमति दिएको  भन्‍ने आयोगमा प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानमा संकलित प्रमाण तथा तथ्यहरुले आरोपि कमल प्रसाद पराजुलीले प्रयोग गर्ने मोवाइल सम्पर्क नंवरहरुको आधारमा प्राप्त हुन आएका कलरेकर्डस् एवं खुल्न आएका तथ्यहरु उपर अध्ययन गर्दा निज कमल प्रसाद पराजुली र सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतहरु विच मेसेज (SMS) आदानप्रदान समेत गरी २४८ जना व्यक्तिहरुलाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भए गरेको पाइयो ।

अध्यागमन अधिकृत कमल प्रसाद पराजुली समेतका व्यहोराहरुबाट निज लगायत कार्यरत अन्य अध्यागमन अधिकृतहरु र विचौलियाको सेटिङ्गमा प्रतिव्यक्ति रु.१०,०००।–(दश हजार) लिई आरोपित अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत कमल प्रसाद पराजुली¸ मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपाने समेतले गैरकानूनी लाभ लिएर एक आपसको मिलेमतोमा १९९ जना र मिति २०७६।४।१५ गते कमल प्रसाद पराजुलीले IMMI SYSTEMमा अभिलेख नराखि ४९ जना गरी कुल २४८ जनाको प्रतिव्यक्ति रु.१०,०००।-(दश हजार) का दरले हुन आउने रु.२४,८०,०००।-(चौबीस लाख असी हजार) लाभ प्राप्त गरी आफूहरु विच बाँडिचुँडी लिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरी मिलेमतोमा गलत लिखत श्रृजना हुने गरी अध्यागमन प्रस्थान अनुमति दिएर प्रस्थान अनुमति दिने अधिकारीको पहिचान समेत लोप हुने गरी अध्यागमन कार्यालयको IMMI SYSTEMमा अभिलेख नरहने गरी प्रमाण समेत लोप गरी गराई अध्यागमन प्रस्थान अनुमति प्रदान गरी गराई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ९ र दफा १२ समेतको कसुर गरेको देखिँदा अध्यागमन अधिकृतहरु कमल प्रसाद पराजुली¸ मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ¸ जगदिशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपाने समेत उपर गैरकानूनी लाभ लिएको विगो रु.२४,८०,०००।- (चौबीस लाख असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम सजाय गरी गैरकानूनी लाभ घुस/रिसवत वापतलिएको रकम रु.२४,८०,०००।- (चौबीस लाख असि हजार) ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र निजहरुले गलत लिखत श्रृजना हुनेगरी आफूहरूले प्रस्थान अनुमति प्रदान गरेको अभिलेख समेत नराखी वा नरहने गरी सार्वजनिक निकायमा रहने प्रमाण समेत लोप हुने गरी प्रमाण नष्ट गरी गराई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ९ र ऐ. ऐनको दफा १२ को कसुर समेत गरेको देखिएकोले सोही ऐनको दफा ९ र दफा १२ बमोजिम समेत सजायँ हुन मागदावी लिई आज मिति २०७६।०७।०५ मा श्री बिशेष अदालत काठमाण्डौंमा आरोप-पत्र दायर गरिएको छ।साथै अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरु उपर थप अनुसन्धान जारी रहेको । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24