जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसमेत ६ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०५ गते ।
------------------------------------

जिल्ला बारा, बारागढी गाँउपालिका वडा नं. ३ नयकाटोल, साविक खोपवा गाविस -८ को जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक निर्माणको लागि जिल्ला शिक्षा कार्यालय, बाराबाट प्राप्त रकमको निर्माण सम्पन्न कागजातहरू प्राप्त हुन नसकेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसमेतले आफूलाई प्राप्त पदीय अधिकार र दायित्व जिम्मेवारी पूर्ण तरिकाले पालन नगरेको, विद्यालय भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै निर्माणस्थलमा भएगरेको कार्यभन्दा रू.१,३९,९६२।५२ (एक लाख उनान्चालीस हजार नौसय बैसठ्ठी रूपैयाँ बाउन्न पैसा) बढी भुक्तानी गरी नेपाल सरकारको रकम हिनामिना गरेको र गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कार्य गरी निज प्रतिवादीहरू तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सव-इन्जिनियर दिलिपकुमार जैसवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम भ्रष्टाचारको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरूलाई नेपाल सरकारको हानिनोक्सानी गरेको विगो रू.१,३९,९६२।५२ (एक लाख उनान्चालीस हजार नौसय बैसठ्ठी रूपैयाँ बाउन्न पैसा) का आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको विगोमध्ये उजुरी पछि अनुसन्धानको क्रममा जम्मा रू.३४,१०३।७५ रकम बराबरको थप निर्माण कार्य भएको र ८३,४६३।–बेरूजु खाता दाखिला गरेको देखिएकोले बाँकी रकम रू.२२,३९५।७७ (बाइस हजार तीनसय पन्चानब्बे रुपैयाँ सतहत्तर पैसा) उक्त ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24