साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नं.८ का वडा सचिव कदिरवावु देवान उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०४ गते ।
--------------------------------------------

रौतहट जिल्लाको विभिन्न गाविसहरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता भएकोले सम्बन्धित पदाधिकारी  एवं कर्मचारी उपर आवश्यक छानविन गरी कानुनी कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नं. ८ का वडा सचिव कदिरवावु देवानले साविक हथियाही गाविसको चालु तथा पुँजीगत खर्च जथाभावि खर्च लेखी, भ्रमण खर्च, पेश्की लिई फछर्यौट नगरी, सामाजिक सुरक्षा भत्ताको रकम आफैंले बुझिलिई जम्मा रू.१२,५६,२७५।–(अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया) बराबरको सार्वजनिक सम्पत्तीको हिनामिना, हानिनोक्सानी दुरुपयोग गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी कदिरवावु देवानलाई विगो रू.१२,५६,२७५।–(अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ वमोजिम निज प्रतिवादीबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24