जिल्ला तनहुँ धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नर बहादुर गुरूङसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०१ गते ।
-------------------------------------------

जिल्ला तनहुँ धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङले विद्युतीकरणको लागि निकासा भएको रकमको कार्य नगरी संस्थाको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजहरू ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्णबहादुर गुरूङले धरमपानी गाविस तथा जिल्ला विकास समितिको कार्यालय तनहुँबाट प्राप्त सरकारी अनुदान रकम रू.१९,४०,९२६।८९ ( उन्नाईस लाख चालीस हजार नौ सय छब्बीस रूपैयाँ उनानब्बे पैसा) ग्रामीण विद्युतीयकरण कार्यमा खर्च नगरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङ उपर विगो रू. १९,४०,९२६।८९ (उन्नाईस लाख चालीस हजार नौसय छब्बीस रूपैयाँ उनानब्बे पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसार विगोबमोजिम जरिवाना गरी विगो असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24