सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरीसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।३० गते 
-------------------------------------------
सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)का सहायक वन अधिकृत पर्शुराम चौधरी र उक्त वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्माले डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत पर्शुराम चौधरी र मनोज कुमार शर्मालाई सेवाग्राहीसँग रू.६५,०००/- (पैसठ्ठी हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज सहायक वन अधिकृत पर्शुराम चौधरीले वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टर र ट्याक्टर चालकलाई छुटाई मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग पटक पटक घुस रिसवत माग गरी अनाधिकृत व्यक्ति मनोज कुमार शर्मालाई आफ्नो साथमा लिई गई निज मनोज कुमार शर्मा मार्फत रू.६५,०००।– (पैसठ्ठी हजार) घुस रिसवत लिई निज पर्शुराम चौधरीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले आरोपित मनोजकुमार शर्माले आफ्नो कुनै जिम्मेवारी, भूमिका तथा सरोकार नै नभएको सरकारी कामको विषयमा सहायक वन अधिकृत पर्शुराम चौधरीको भनाइ मानी सेवाग्राहीबाट रू.६५,०००।– (पैसठ्ठी हजार) घुस/ रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(२) बमोजिम कसुर गरेको स-प्रमाण पुष्टि भएको निजहरू पर्शुराम चौधरी र मनोज कुमार शर्मालाई जनही विगो रू.६५,०००।– (पैसठ्ठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24