नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।३० गते ।
------------------------------------------
नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सर्भेक्षक सिद्ध राज जोशीलाई सेवाग्राहीसँग रु.८,०००।-(आठ हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निज सर्वेक्षक सिद्ध राज जोशी र सर्वेक्षक वीरभद्र जोशीले एकआपसको मिलेमतोमा नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी विभिन्न बहाना बनाई, आफूले गर्नुपर्ने कामको लागि सेवाग्राहीसँग घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू सर्भेक्षकद्वय सिद्ध राज जोशी र वीरभद्र जोशीलाई विगो रू.८,०००।– (आठ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन  मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24