श्रीसिया नौ.त.ज.गाउँ विकास समिति पर्साका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको छ ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।२९ गते 
-------------------------------------------
जिल्ला पर्सा श्रीसिया गाविस वडा नं. ५ बस्ने विनोद साह गोढले वडा नं. १ देखि ५ सम्म सडकमा माटो पुरी ग्रावेल सडक निर्माण गर्ने कार्यको लागि पेश्की उठाई निजले काम नगरी सचिव र ओभरसियर बिन्देश्वर यादबसमेतलाई खुवाई सम्पूर्ण रूपैयाँ निजी कार्यमा प्रयोग गरी हिनामिना गरेकोले आवश्यक कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक श्रीसिया नौ.त.ज.गाविस वडा नं.१ देखी ९ सम्म सडकमा माटो पुरी ग्रावेलिङ्ग गर्ने आयोजनाका लागि उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले पेश्की लिई सम्झौता बमोजिम योजनाको कुनै पनि काम नगरी पेश्की फछर्यौटका लागि आवश्यक कागज प्रमाण पेश नगरेको अवस्थामा उक्त पेश्की लिंदा गरेको कबुलियतनामाको शर्त विपरीत तत्कालीन गा.वि.स. सचिव सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र श्रीसिया नौ.त.ज.गाउँ विकास समितिका तत्कालीन गाविस सचिव जितेन्द्र कुमार मिश्रले निज विनोद साह गोढलाई अनधिकृत रूपमा बदनियतपूर्वक पेश्कीमाथि पेश्की दिई रू.४,००,०००।–(चार लाख) सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गराएको पुष्टि हुन आई निज सत्यदेव ठाकुर भन्ने सत्यदेव प्रसाद हजाम र जितेन्द्र कुमार मिश्रको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको सप्रमाण पुष्टि भएकोले निजहरूद्वयलाई विगो रू.४,००,०००।–(चार लाख) कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो समेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
साथै उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढले सरकारी रकम लिने खाने बदनियत राखी बाटो ग्राबेलिङ्गका लागि भनी साविकको श्रीसिया गाविसको कार्यालयबाट रू.४,००,०००।–(चार लाख ) बुझिलिई सम्झौता बमोजिमको कार्य नगरी आफैले गरेको कबुलियतनामाको शर्तसमेत उल्लंघन गरी सो रकम आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरी खाईमासी हिनामिना गरी गैरकानूनी लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई विगो रू.४,००,०००।–(चार लाख) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र हानिनोक्सानी गरेको विगो सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम निजबाट असुलउपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24