महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्त उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०६।२९ गते
-------------------------------------------
महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तले सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तलाई सेवाग्राहीसँग रु.५,०००।–(पाँच हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तले सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र भएकोमा मिलापत्र गराइदिए बापतको खर्च भनी सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार) घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्तलाई विगो रु. ५,०००।–(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet