नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनार उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।
------------------------------------------

नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनारले करारको कर्मचारीमा भर्ना गरिदिन्छु भनी प्रलोभनमा पारी दुई जनासँग पटक पटक नगद तथा बैंक दाखिलासमेत गरी प्रतिव्यक्ति रू.१,५०,०००/- (एक लाख पचास हजार) का दरले जम्मा रू.३,००,०००/- (तीन लाख) लिइसकेको तथा पुन: एक जनासँग रू.३०,०००/- (तीस हजार) र अर्कोसँग रू.५०,०००/- (पचास हजार) गरी जम्मा रू.८०,०००/- (असी हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज छेदिलाल साह सुनारलाई सेवाग्राहीसँग रू.८०,०००/- (असी हजार) घुसबापतको रकम सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज छेदीलाल साह सोनारले सेवाग्राहीलाई नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, सिरहामा करारमा काममा लगाई दिन्छु भनी प्रलोभन देखाई पटक पटक गरी निजहरूबाट जनही रू.१,५०,०००।– का दरले जम्मा रू.३,००,०००।–(तीन लाख) र थप ८०,०००।– (असी हजार) गरी जम्मा रू.३,८०,०००।– (तीन लाख असी हजार) घुस/रिसवत लिएको भन्ने तथ्य प्रमाणित हुन आएकोले निज छेदिलाल साह सोनारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेको पुष्टि हुन आएकोले निजलाई विगो रू.३,८०,०००।– (तीन लाख असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना तथा कैद सजाय हुन र घुस /रिसवत वापत लिएको रकम मध्ये रू.३,००,०००।– (तीन लाख) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाट असुलउपर हुन मागदावी लिइएको ।

साथै सरोज कुमार यादव र लक्ष्मी नारायण यादवले नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय करारको कर्मचारीमा भर्ना हुन पाउने उद्देश्यले निज छेदिलाल साह सोनारलाई निजहरूबाट जनही रू.१,५०,०००।– का दरले जम्मा रू.३,००,०००।– (तीन लाख) घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(३) बमोजिमको कसुर गरेको देखिई निजहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम सजाय हुनेमा अनुसन्धानमा यथार्थ कुरा खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरियो ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24