भोजपुर जिल्ला षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्ले उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।
---------------------------------------------

भोजपुर जिल्ला षडानन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र लेखा अधिकृत राजेश काफ्ले कार्यालयमा अनुपस्थित रही कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा नै लगेर विभिन्न योजनाहरूको भुक्तानी गरेको साथै आफू अनुकूलका व्यापारीहरूसँग साँठगाँठ गरी निजहरूको मिलेमतोमा विभिन्न सामानहरू खरिद गरी भुक्तानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्कीले झुठ्ठा काज स्वीकृत गराई एवं झुठ्ठा बिवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी रू.१,३३,५६८।– र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई आफूले नै  झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी रू.१५,२३,३१८।१७ भुक्तानी गरी जम्मा रू. १६,५६,९०४।१७ ( सोह्र लाख छप्पन्न हजार नौ सय चार रूपैयाँ सत्र पैसा) षडानन्द नगरपालिकालाई हानिनोक्सानी पुर्‍याउने र आफूलाई गैरकानूनी लाभ लिने बदनियतले काम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निज तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय गरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको विगो असुलउपर हुन मागदावी लिइएको ।

षदानन्द नगरपालिकाका तत्कालीन लेखा अधिकृत राजेश काफ्लेले झुठ्ठा विवरण पेश गरी भ्रमण प्रतिवेदन समेत पेश नगरी बढी रकम भुक्तानी लिएको तथा आवश्यक कानूनी प्रकृया पूरा नगरी भौचर खडा गरी भुक्तानी लिएको रकम रू.२,८१,७५० र  कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई अफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी रू.१५,२३,३१८।१७ भुक्तानी गरी जम्मा रू.१८,०५,०६८।१७( अठार लाख पाँच हजार अठसठ्ठी रूपैयाँ सत्र पैसा) षडानन्द नगरपालिकालाई हानिनोक्सानी पुर्‍याउने र आफूलाई गैरकानूनी लाभ लिने बदनियतले काम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निज तत्कालीन लेखा अधिकृत राजेश काफ्लेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय गरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको विगो असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26