यातायात व्यवस्था कार्यालय, जगाती, भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरेसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०८ गते ।
---------------------------------------------
यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र,जगाती, भक्तपुरका कर्मचारीहरूले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, जगाती भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतले सुन्दर अधिकारीद्वारा नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि पेश गरेको निवेदनअनुसार उक्त नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गर्ने कसुर गरेको प्रमाणित हुन आएकोले निजहरु शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी लिइएको ।
 
साथै निज सुन्दर अधिकारीको हकमा सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरी निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार भएको हुँदा निज सुन्दर अधिकारीले मतियारको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24