अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०७ गते ।
---------------------------------------------

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीलाई सेवाग्राहीबाट रू.१०,०००/- (दस हजार) घुस/रिसवत वापतको रकम लिएको थियो ।

अनुसन्धानको क्रममा निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीले पाँचवटा गाडीहरूलाई प्रतिगाडी रू.२,०००।–का दरले हुन आउने रू.१०,०००।–(दस हजार)  महिनावारी मिलाई ७:०० बजेपछि बी.पी राजमार्ग हुँदै सिन्धुलीतर्फ बिनारोकतोक पठाउने कार्यमा सहजीकरण गरिदिन्छु भनी विभिन्न बहाना बनाई रू.१०,०००।- (दस हजार) माग गरी घुस /रिसवत लिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको हुँदा निज श्याम बहादुर माझीलाई विगो रू.१०,०००।–(दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रदीपकुमार कोइराला
प्रवक्ता

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29