अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०७ गते ।
---------------------------------------------

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७:०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीलाई सेवाग्राहीबाट रू.१०,०००/- (दस हजार) घुस/रिसवत वापतको रकम लिएको थियो ।

अनुसन्धानको क्रममा निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीले पाँचवटा गाडीहरूलाई प्रतिगाडी रू.२,०००।–का दरले हुन आउने रू.१०,०००।–(दस हजार)  महिनावारी मिलाई ७:०० बजेपछि बी.पी राजमार्ग हुँदै सिन्धुलीतर्फ बिनारोकतोक पठाउने कार्यमा सहजीकरण गरिदिन्छु भनी विभिन्न बहाना बनाई रू.१०,०००।- (दस हजार) माग गरी घुस /रिसवत लिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि हुन आएको हुँदा निज श्याम बहादुर माझीलाई विगो रू.१०,०००।–(दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रदीपकुमार कोइराला
प्रवक्ता

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24