श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय विजबनिया पर्साका शिक्षक राजेश कुमार यादवसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०६ गते
----------------------------------------
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जगरनथापुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूवाट गैर कानूनी आर्थिक लाभ लिएर  निजरूलाई नक्कली तथा गलत नियुक्तिपत्र  दिई त्यस्ता नक्कली कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट निजहरूले समेत तलव भत्ता प्राप्त गर्ने गरी निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने काम गरेको पाइएकोले श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय विजबनिया पर्साका शिक्षक राजेश कुमार यादवले कुनै पनि परीक्षाहरु नदिई दस्तुरको बहानामा रु.२¸७५¸०००।- शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कलि कागजातहरु प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरुले राहत शिक्षकको पदमा कार्यरत रही रु.३¸१६¸७६०।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिंदा निज राजेश कुमार यादव उपर घुस रिसवतवापत दिएको रकम रु. २¸७५¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको रकम रु.३¸१६¸७६०।- समेत गरी रु.५¸९१¸७६०।- (पाँच लाख एकानब्बे हजार सात सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदावी लिइएको।
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले वदनियतसाथ गोलमटोल रुपमा खर्चको तेरिजसमेत उपलव्ध नगराई आफुले नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कामकाजमा लगाएका निज राजेश कुमार यादव समेतले तलव भत्ता प्राप्त गर्ने गरी आफू अनुकूल निकासाको सिफारिस गरी तथा निकासा गरी गराई सम्बन्धित विद्यालयबाट नक्कली एवं प्रचलित कानून विपरीत कार्यरत शिक्षकलाई समेत तलव भत्ता भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसियाउपर गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु.२¸७५¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.३¸१६¸७६०।- समेत गरी विगो रु.५¸९१¸७६०।- (पाँच लाख एकानब्बे हजार सात सय साठी)  कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदावी लिइएको।
 
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसंगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम रु.३¸१६¸७६०।- (तीन लाख सोह्र हजार सात सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21