श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुर पर्साका शिक्षक रमेश शर्मासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०६ गते
----------------------------------------
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूबाट गैर कानूनी आर्थिक लाभ लिएर  निजरूलाई नक्कली तथा गलत नियुक्तिपत्र  दिई त्यस्ता नक्कलि कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट निजहरूले समेत तलव भत्ता प्राप्त गर्ने गरी निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने काम गरेको पाइएकोले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुर पर्साका शिक्षक रमेश शर्माले कुनै पनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रु.३¸५०¸०००।- शिक्षा अधिकृत (वि.नी.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरु प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरुले श्री ने.रा.प्रा.वि. पाण्डेपुर पर्सामा राहत शिक्षकको पदमा कार्यरत रही रु.३,०४,२१०।– तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज रमेश शर्माउपर घुस रिसवतवापत दिएको रकम रु.३¸५०¸०००।- र नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु.३,०४,२१०।– समेत गरी विगो रु.६¸५४¸२१०।- (छ लाख चौवन्न हजार दुई सय दस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको  दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम विगो ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी भएको विगो  सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिईएको।
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले वदनियतसाथ गोलमटोल रूपमा खर्चको तेरिजसमेत उपलब्ध नगराई आफूले नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कामकाजमा लगाएका निज रमेश शर्मासमेतले तलव भत्ता प्राप्त गर्ने गरी आफू अनुकूल निकासाको सिफारिस गरी तथा निकासा गरी गराई सम्बन्धित विद्यालयबाट नक्कली एवं प्रचलित कानूनविपरीत कार्यरत शिक्षकलाई समेत तलव भत्ता भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसियाउपर गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु.३¸५०¸०००।- र आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.३¸०४¸२१०।- समेत गरी विगो रु.६¸५४¸२१०।- (छ लाख चौवन्न हजार दुई सय दश) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजायँ गरी घुस रिसवत लिएको रकम विगो ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी भएको विगो ऐ. को १७ बमोजिम असुल उपर हुन मागदावी लिईएको।
 
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनिया पर्साका प्रधानाध्यापक नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्तासमेत भुक्तानी दिलाउन एवं गैरकानूनी लाभ प्राप्त गर्न निज राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख बमोजिम रु.३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24