श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका शिक्षक हरिओम कुमार साहसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।६ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जगरनथापुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूबाट गैर कानूनी आर्थिक लाभ लिएर  निजरूलाई नक्कली तथा गलत नियुक्तिपत्र  दिई त्यस्ता नक्कली कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट निजहरूले समेत तलव भत्ता प्राप्त गर्ने गरी निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने काम गरेको पाइएकोले जगरनाथगाउँपालिका अन्तर्गत श्री राम प्रा.वि. पिपरडाढी पर्साबाट शिक्षकको तलव भत्ता भुक्तानी प्राप्त गर्ने हरिओम कुमार साहसँग दस्तुरहरुको बहानामा रु.२¸७५¸०००।-  दिएर झुठ्ठा एवं किर्ते कागजात तयार गरी विद्यालयका प्रधानाध्यापक रामवेलास प्रसाद पटेल र भू.पू.प्र.अ. महेश प्रसाद यादवको समेत मिलोमतोमा विद्यालयमा पेश गरी राहत शिक्षकको रूपमा कार्यरत रही विद्यालयको नाउँमा निकासा भएको रकममध्ये रु.३¸०४¸२१०।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको सप्रमाण पुष्टि हुन आएकोले राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिंदा निज हरिओम कुमार साहउपर घुस रिसवतवापत दिएको रकम रु.२¸७५¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.३¸०४¸२१०।- समेत गरी रु.५¸७९¸२१०।- (पाँच लाख उनासी हजार दुई सय दस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम  ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले हरिओम कुमार साहसँग विभिन्न दस्तुरहरूको बहानामा रु.२¸७५¸०००।- गैरकानूनी लाभ घुस रिसवतका रकमहरू लिएर  वदनियतसाथ गोलमटोल रूपमा खर्चको तेरिजसमेत उपलब्ध नगराई आफूले नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कामकाजमा लगाई विद्यालयका प्र.अ. रामवेलास प्रसाद पटेल र भु.पु.प्र.अ. महेश प्रसाद यादवको समेत सहयोगमा निज हरिओम कुमार साहलाई राहत शिक्षकमा नियुक्ति गरी  रु.३¸०४¸२१०।- तलव भत्तासमेत भुक्तान गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज  उपर घुस रिसवत लिएको रकम रु.२¸७५¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.३¸०४¸२१०।- समेत गरी विगो  रु.५¸७९¸२१०।- (पाँच लाख उनासी हजार दुई सय दस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिईएको ।
श्री राम प्राथमिक विद्यालय पिपरडाढी पर्साका प्रधानाध्यापक रामवेलास प्रसाद पटेल र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको देखिई निज प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु.३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24