वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :-मिति २०७६।०६।०२ गते
---------------------------------------

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेलले सहजकर्ता (कर सहयोगी) केदारप्रसाद न्यौपानेबाट पुँजी बृद्धि तथा शाखा विस्तारको लागि रू.१,०००।–(एक हजार) घुस रिसवत रकम लिंदै दिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपानेलाई उक्त घुस रकम सहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा निज नायव सुव्वा पुरूषोत्तम पोखरेलले कर सहयोगी /सहजकर्ता काम गर्ने केदार प्रसाद न्यौपानेबाट फर्मको पुँजी बृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत घुस/रिसवत  लिएको र कर सहयोगी/सहजकर्ताले पनि सो फर्मको पुँजी बृद्धि गर्न घुस/रिसवत दिई निजहरूबीच घुस/रिसवतबापत रू.१,०००।–( एक हजार) लेनदेन भएको पुष्टि हुन आएको हुँदा निज पुरूषोत्तम पोखरेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र घुस रिसवतबापत लिएको रू.१,०००।–सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिइएको ।

साथै कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपानेले राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (३)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएको बमोजिम सोही ऐनको  दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24