श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०२ गते 
-----------------------------------------
श्री विशालबजार कम्पनी लिमीटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटाले एस.एल.सी.को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्य गरिरहेको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पशुपति सापकोटाले विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा कार्यालय सहायक पदबाट बढुवा भई सहायक पद र वरिष्ठ सहायक पदमा काम गर्नका लागि गान्धी उच्च मा.वि. मनोहरा, काठमाडौंबाट प्राप्त मध्यमा तह (एस.एल.सी.) को झुठ्ठा एवं नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सहायक पदबाट वरिष्ठ सहायक पदमा बढुवा भई सरकारी लाभ तथा सुविधासमेत प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज पशुपति सापकोटालाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24