जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०१ गते ।
------------------------------------------
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसंग घुस रकम लिई सरकारी गाडिमा मिति २०७६।०४।०२ गते काठमाण्डौ आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले उक्त नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिई कानून बमोजिम खानतलासी गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीको साथबाट रू.१३,३८,५००।(तेह्र लाख अठतिस हजार पाँच सय) र सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट रू.१,२९,१०५।-(एक लाख उन्नतिस एक सय पाँच) शंकास्पद नगद फेला परेकोले सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी,रईन्जिनियर भोगेन्द्र साहलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले गैरकानूनी तरिकाले सरकारी कागज सच्याई, हेरफेर गरी, गलत लिखत तयार गरी नेपाल सरकारको सम्पत्ति हानी पुर्याउने बदनियतले हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र दफा १७ को कसुर गरेको देखिंदा निजले नरोत्तम श्रेष्ठ सञ्चालक रहेको एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.लाई भुक्तानी गरेको रु.२,९७,१९०।- र गोमा श्रेष्ठ सञ्चालक रहेको अमन कन्सल्टेन्ट्स् प्रा.लि.लाई भुक्तानी गरेको रु.२,९६,०६०।- गरी जम्मा रु. ५,९३,२५०।– (पाँच लाख त्रियानब्बे हजार दुई सय पचास रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ९ र ११ बमोजिम सजायका साथै सोही ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त हानिनोक्सानी गरेको बिगो निज प्रतिवादीबाट असुलउपर हुनसमेत मागदावी लिइएको ।
एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.का संचालक नरोत्तम श्रेष्ठले प्रकाश अधिकारीसंग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याउने कार्य गरी निज सञ्चालक रहेको कम्पनी एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.ले रु.२,९७,१९०।– (दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ) भुक्तानी लिएको देखिदा निज एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.का संचालक नरोत्तम श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिंदा निज नरोत्तम श्रेष्ठउपर विगो रु.२,९७,१९०।– (दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो रकम निज प्रतिवादीबाट असुलउपर गरी जफत हुनसमेत मागदावी लिइएको।

अमन कन्सल्टेन्टस् प्रा.लि.का संचालक गोमा श्रेष्ठले प्रकाश अधिकारी संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याउने कार्य गरी निज सञ्चालक रहेको कम्पनी अमन कन्सल्टेन्टस् प्रा.लि.ले रु.२,९६,०६०।- (दुई लाख छयानब्बे हजार साठी रुपैयाँ) भुक्तानी लिएको देखिदा निज अमन कन्सल्टेन्टस् प्रा.लि.का संचालक गोमा श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिंदा निज गोमा श्रेष्ठउपर विगो रु.२,९६,०६०।– (दुई लाख छयानब्बे हजार साठी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो रकम निज प्रतिवादीबाट असुल उपर गरी जफत हुन समेत मागदावी लिइएको ।

अमन कन्सल्टेन्टस् प्रा.लि.का प्रबन्ध संचालक प्रदिप श्रेष्ठले प्रकाश अधिकारी एवं गोमा श्रेष्ठ ‍समेत संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग गरी प्राप्त भएको रकम अमन कन्सल्टेन्टस् को नाममा भुक्तानी लिने/दिलाउने कार्यमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कार्यमा मतियार हुने कसुर गरेको देखिएकाले निज अमन कन्सल्टेन्टस् प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को  प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम विगो रु.२,९६,०६०।– (दुई लाख छयानब्बे हजार साठी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिइएको।
एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.का निर्देशक प्रमलाल श्रेष्ठले प्रकाश अधिकारी ‍एवं नरोत्तम श्रेष्ठ समेत संग मिलेमतो गरी नेपाल सरकारको सम्पत्ति बदनियत गरी हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग गरी प्राप्त भएको रकम एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.का नाममा भुक्तानी लिने/दिलाउने कार्यमा सहयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कार्यमा मतियार हुने कसुर गरेको देखिएकाले निज एभरेष्ट डिजाईनर्स लिग प्रा.लि.का निर्देशक प्रेमलाल श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को  प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम बिगो रु.२,९७,१९०।– (दुई लाख सन्तानब्बे हजार एक सय नब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला 

Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09