जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका कार्यालयप्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०१ गते ।
------------------------------------------

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका कार्यालयप्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसंग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाण्डौ आउँदै गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले उक्त नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिई कानून बमोजिम खानतलासि गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीलाई घुस रिसवत लिएको दशि सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखाका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी समेतले सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिलाई चेकबाट भुक्तानी गरेको ९ लाख रकम साट्न लगाई बाँकी रहेको निर्माणको कामको समेतको बिल नबनाइदिने भनी डर धम्की देखाई बार्गेनिङ्ग गरी सव-ईन्जिनियर सुधिर कुमार साहमार्फत लिएको रु.४ लाख लगायत जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखा अन्तर्गतका योजनाहरुका निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरुबाट रकम संकलन गरि घुस रिसवतबापत लिएको जम्मा रकम रु.१३,३८,५००।– बरामद भएको देखिदा निज कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले रिसवत लिने भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले निजलाई बिगो रु.१३,३८,५००।– (तेह्र लाख अठ्तीस हजार पाँच सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम उक्त बरामद बिगो जफत हुनसमेत मागदावी लिइएको ।
सिरम्फु सिंचाई योजनाको रेखदेख, निरिक्षण, विलभर्पाई बनाउने जिम्मेवारी पाएका सव-ईन्जिनियर सुधिर कुमार साहले कार्यालयबाट सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिलाई चेक दिइसकेपछि सो सिरम्फु सिंचाई योजना जल उपभोक्ताका अध्यक्ष धनविर थामीसँग रु.४,००,०००।– (चार लाख रुपैयाँ) बार्गेनिङ्ग गरी निज धनविर थामीले बैंक मार्फत रु.९,००,०००।- भुक्तानी लिएको जानकारी लिई रु. ४,००,००।–(चार लाख रुपैयाँ) समेत लिई दिलाई सो रकम र यी आरोपीसमेत संलग्न रहेका विभिन्न आयोजनाहरुका निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरुबाट घुस रिसवतबापत लिएको जम्मा रु.१३,३८,५००।– (तेह्र लाख अठ्तीस हजार पाँच सय रुपैयाँ) आरोपी मध्येका प्रकाश अधिकारीबाट  बरामद भएकाले निज सुधिर कुमार साह समेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज उपर बिगो रु. १३,३८,५००।– (तेह्र लाख अठ्तीस हजार पाँच सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो जफत हुनसमेत मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखाका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी र सव-ईन्जिनियर सुधिर कुमार साहलाई रु. ४,००,०००।- घुस/रिसवत दिने सिरम्फु सिंचाई योजना जलउपभोक्ता समितिका अध्यक्ष धनविर थामी र उक्त समितिका सचिव जीत बहादुर तामाङ्गले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम घुस रिसवत दिने कसुर गरेको हुँदा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड बमोजिम सजाय हुने भएतापनि आयोगमा पर्न आएको उजुरी उपरको छानविनको क्रममा यथार्थ विवरण खुलाई अनुसन्धानको कार्यमा आयोगलाई सहयोग गरेको देखिदा सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र उक्त समितिका सचिव जीत बहादुर तामाङ्गका हकमा सजायको मागदावी नलिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा प्रस्तुत गरी निजहरुलाई सजायको मागदावीमा पूर्ण छुट दिएको ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26