जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते
---------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री राम प्राथमिक विद्यालय पिपरडाढीमा प्र.अ.को रुपमा कार्यरत रहेका रामवेलास प्रसाद पटेलले कुनै पनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रू. ३¸००¸०००।- जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूले श्री राम प्रा.वि. पिपरडाढी पर्सामा राहत शिक्षकको पद तथा विद्यालयको प्रधानअध्यापकको रूपमा कार्यरत रही रू.४¸०७¸५९०।- तलब भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिंदा निज रामवेलास प्रसाद पटेलउपर घुस रिसवतवापत दिएको रकम रू.३¸००¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको रकम रू.४¸०७¸५९०।- समेत गरी रू. ७¸०७¸५९०।- (सात लाख सात हजार पाँच सय नब्बे) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रू.३,००,०००।(तीन लाख)  ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो रू. ४¸०७¸५९०।- (चार लाख सात हजार पाँच सय नब्बे) ऐ. ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको। 
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले रामवेलास प्रसाद पटेलसँग विभिन्न दस्तुरहरूको बहानामा गैरकानूनी लाभ घुस रिसवतका रकमहरू लिएर नक्कली तथा गलत कागजातहरू उपलव्ध गराई सोही गलत तथा नक्कली कागजातहरूबाट विद्यालयमा शिक्षकको रूपमा कामकाजमा लगाई वदनियतसाथ गोलमटोल रुपमा खर्चको तेरिजसमेत उपलव्ध नगराई आफूले नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कामकाजमा लगाएका शिक्षकलाई समेत तलब भत्ता भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसियाउपर रामवेलास प्रसाद पटेलबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रू. ३¸००¸०००।- र आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.४¸०७¸५९०।- समेत गरी विगो रू. ७¸०७¸५९०।- (सात लाख सात हजार पाँच सय नब्बे) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.३,००,०००।(तीन लाख) ऐ.को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू.४¸०७¸५९०।–(चार लाख सात हजार पाँच सय नब्बे) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
 
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानअध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रुपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको देखिई निज प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रू.४¸०७¸५९० (चार लाख सात हजार पाँच सय नब्बे)  विगो कायम गरी भ्रष्टाचार   निवारण ऐन, २०५९ को दफा ३ को उपदफा  (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
                                                               
 
 प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24