जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका बालविकास सहयोगी उषा कुमारी रामले जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियासँग मिलेमतो गरी दस्तुरको बहानामा रु. ५०¸०००।- घुस रिसवत दिएर निज वि.नि.राजेश्वर प्रसाद चौरसियाले विद्यालयका प्र.अ.  हकिम अन्सारीको मिलेमतोमा उषा कुमारी रामलाई गलत तथा नक्कलि कागजातहरू हुंदाहुँदै पनि सोही गलत तथा नक्कली सरुवापत्रले राहत कोटाको बालविकास सहयोगी (शिक्षिका) पदमा नियुक्ति गरी निज तलव भत्ता वापत रु. ३०¸०००।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को  दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उषा कुमारी राम उपर घुस रिसवत वापत दिएको रकम रु. ५०¸०००।- र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको रकम रु. ३०¸०००।- समेत गरी विगो रु. ८०¸०००।- (असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायँ गरी घुस रिसवत दिएको रकम रु.५०,०००।– ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानि भएको रु. ३०,०००।– ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावि लिइएको   ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानि नोक्सानि पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसिया उपर उषा कुमारी रामबाट गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. ५०¸०००।- र नक्कली तथा गलत कागजातहरूका आधारमा विद्यालयमा कामकाजमा लगाई निज समेतले तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी तलब भत्ता निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानि नोक्सानी  पुर्‍याएको रकम रु. ३०¸०००।- समेत गरी विगो रु. ८०¸०००।- (असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.५०,०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू. ३०¸०००।– (तीस हजार ) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको।
 
श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारीले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कलि कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रुपमा तलवभत्ता समेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादीहरू हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसूरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू हकिम अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानी नोक्सानी भएको रु.३०,०००।–(तीस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदिपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24