जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका शिक्षिका बबिता कुमारी देवीले जगरनाथपुर गाउँ कार्यपालिका शिक्षा शाखाका शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाको आदेशमा विद्यालयका प्रधानाध्यापक हकिम अन्सारीले कामकाजमा लगाई निजहरुको मिलेमतोमा श्री जनसेवा प्रा.वि. जगरनाथपुरको प्रा.वि. शिक्षकको रुपमा आफूले नपाएको ओहदामा कार्यरत रही भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १५ द्वारा परिभाषित कसुर गरी गाउँ कार्यपालिकाबाट तलब भत्ता वापतका रकमहरु समेत निकासा गराई रु.१¸१८¸८५०।- तलब भत्ता वापत वुझी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज बबिता कुमारी देवीउपर भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १५ को कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको हकमा भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ को कसुरमा विगो रु. १¸१८¸८५०।- (एक लाख अठार हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो रु. १,१८,८५०। (एकलाख अठार हजार आठ सय पचास) ऐ. ऐनको १७ बमोजिम विगो असुल उपर हुन मागदावी लिइएको।
 
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले शिक्षकको पदमा नियुक्ति नै प्राप्त नगरेकी बविता कुमारी देवीलाई श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिरामा शिक्षिकाको रुपमा कामकाजमा लगाई निज समेतले कार्यरत रहेको विद्यालयबाट तलब भत्ता प्राप्त गर्ने गरी तलब भत्ता वापत रु. १¸१८¸८५०।–निकासा गरी भुक्तानी गराई, आफ्नो अधिकारको दुरुपयोग गरी विद्यालयका प्रधानाध्यापक हकिम अन्सारीसँगको सहयोगमा निज बविता कुमारी देवीलाई शिक्षिकामा नियुक्ति गरी गराई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज राजेश्वर प्रसाद चौरसिया उपर नेपाल सरकारलाई हानि पुर्‍याएको विगो रु. १¸१८¸८५०।– (एक लाख अठार हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र  दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू. १¸१८¸८५०।– (एक लाख अठार हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
 
श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारीले बविता कुमारी देवीको शिक्षकको कुनै प्रमाण विना नै शिक्षकको रुपमा तलबभत्ता समेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादी हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी हकिम अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु. १¸१८¸८५०।–(एक लाख अठार हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24