जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका शिक्षक नागेन्द्र राम भन्ने नागेन्द्र महरा चमारले राहत शिक्षकको पदमा कार्यरत रही तलव भत्तासमेत भुक्तानी लिने खाने उद्देश्यका साथ जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई  दस्तुरको बहानामा रू.४¸२०¸०००।- घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी नागेन्द्र राम भन्ने नागेन्द्र महरा चमारलाई रू. ४¸२०¸०००।- (चार लाख बीस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस रिसवतवापत दिएको रकम रू.४,२०,०००।  ऐ.को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदावी लिइएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरूको बहानामा नागेन्द्र रामबाट गैरकानूनी आर्थिक लाभ रू.४¸२०¸०००।- घुस रिसवत लिई नक्कली तथा गलत कागजातहरू उपलव्ध गराई विद्यालयमा कामकाजमा लगाउनेसमेतका कार्य गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राजेश्वर प्रसाद चौरसियाउपर रू.४¸२०¸०००।-(चार लाख बीस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को  दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजायँ गरी घुस रिसवतवापत लिएको रकम रू. ४¸२०¸०००।–ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24