विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.उपर आरोप-पत्र दायर गरिएको छ ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३१ गते
----------------------------------------                                                           

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग रू.१५,०००/- (पन्ध्र हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.लाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१५,०००/- (पन्ध्र हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निजहरू शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानी सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रिसवत माग गरी रू.१५,०००।–( पन्ध्र हजार) घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजहरूलाई जनही विगो रू. १५,०००।– (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।   

                                                             प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24