मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३० गते ।
------------------------------------------ 
 
मालपोत कार्यालयहरू ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले निज तथा अन्य कर्मचारीहरूसमेतलाई काम गराएवापत रकम दिनुपर्ने र रकम नदिए काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घुस रिसवत माग्ने गरेकोमा सेवाग्राहीहरू बाध्य भई सोही काम लेखापढी व्यवसायीमार्फत गर्ने गराउने गरेको खुल्न आएकोमा सोही अनुसार लेखापढी व्यवसाय गर्ने आरोपी तुलसी प्रसाद नेपालले निज ईश्वरी प्रसाद पोख्रेललाई रू.१,०००।–(एक हजार) घुस रिसवत रकम दिएको खुल्न आई निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय गरी दफा ३ को उपदफा (१) वमोजिम विगो जफत हुन मागदावी लिइएको । 
साथै आरोपी तोड्पे तथा सहदेव नेपाल भन्ने तुलसी प्रसाद नेपालले मालपोत कार्यालयका कर्मचारीहरूलाई कुनै पनि काम गराउनको लागि रिसवत दिने गरेको सोही अनुसार नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई रिसवत दिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) मा परिभाषित कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24