मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३० गते ।
------------------------------------------ 
 
मालपोत कार्यालयहरू ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले निज तथा अन्य कर्मचारीहरूसमेतलाई काम गराएवापत रकम दिनुपर्ने र रकम नदिए काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घुस रिसवत माग्ने गरेकोमा सेवाग्राहीहरू बाध्य भई सोही काम लेखापढी व्यवसायीमार्फत गर्ने गराउने गरेको खुल्न आएकोमा सोही अनुसार लेखापढी व्यवसाय गर्ने आरोपी तुलसी प्रसाद नेपालले निज ईश्वरी प्रसाद पोख्रेललाई रू.१,०००।–(एक हजार) घुस रिसवत रकम दिएको खुल्न आई निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय गरी दफा ३ को उपदफा (१) वमोजिम विगो जफत हुन मागदावी लिइएको । 
साथै आरोपी तोड्पे तथा सहदेव नेपाल भन्ने तुलसी प्रसाद नेपालले मालपोत कार्यालयका कर्मचारीहरूलाई कुनै पनि काम गराउनको लागि रिसवत दिने गरेको सोही अनुसार नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई रिसवत दिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) मा परिभाषित कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29