मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३० गते ।
------------------------------------------ 
मालपोत कार्यालयहरू ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले सेवाग्राही कृष्ण प्रसाद घिमिरेसँग छिटोछरितो रूपमा काम गर्ने प्रयोजनार्थ रू१,०००।–(एक हजार) घुस रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज आरोपी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन साथै दफा ३ को उपदफा (१) वमोजिम विगो असुल हुन मागदावी लिइएको । 
साथै निज कृष्णप्रसाद घिमिरेले आफ्नो काम गराउनको लागि खरिदार रामहरि सुवेदीलाई रू.१,०००।– (एक हजार) घुस रिसवत दिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  । 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26