मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२९ गते ।
------------------------------------------ 
मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि  सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरू खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डेलाई सेवाग्राहीसँग रु.१,२०,०००।–( एक लाख बीस हजार)  घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

ढकाल पाण्डे लेखापढी सेवाका निज लेखापढी व्यवसायी कमल प्रसाद पाण्डेले मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डेको मिलेमतोमा सेवाग्राहीको नाममा दर्ता भएको जग्गा नामसारी गरिदिने प्रयोजनार्थ रु.१,२०,०००।–( एक लाख बीस हजार)  घुस/रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रु.१,२०,०००।–( एक लाख बीस हजार)  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिइएको ।

साथै मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डेले लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे मार्फत सेवाग्राहीबाट रु.१,२०,०००।–( एक लाख बीस हजार) लिन लगाएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज खरिदार जिवनाथ पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29