स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२९ गते ।
--------------------------------------------

स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत  भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्माले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई विभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछर्यौट गर्ने क्रममा नक्कली बिल भरपाई पेश गरी पेश्की फछर्यौट गर्न दवाव दिएको, निजहरूले सञ्चालन गरेका कार्यक्रमहरू कार्यादेशअनुसार सञ्चालन नभएको तथा असम्वन्धित व्यक्तिहरूलाई दैनिक भ्रमणभत्ता वितरण गरी गैरकानूनी लाभ लिई सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत निज राधिका देवी शर्माले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम रू.४,००,०००।-मध्ये रू.१,६९,७०३।–विभिन्न शीर्षकमा खर्च गरी बाँकी रू.२,३०,२९७।-(दुई लाख तीस हजार दुइसय सन्तानब्बे ) र अर्का आरोपी भरत प्रसाद उपाध्यायले सञ्चालन गरेका समुदायमा आधारित एकीकृत शिशु तथा बाल स्वास्थ्य व्यवस्थापन कार्यक्रम (CBINMCI) तथा विषादीरहित खाद्य सुरक्षा तथा पोषण प्रवर्धन सम्बन्धी २ वटा कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम रू.९,००,०००।–मध्ये रू.४,७१,७८३।४० विभिन्न शीर्षकमा खर्च गरी रू.४,२८,२१६।६०(चार लाख अठ्ठाइस हजार दुइ सय सोह्र रूपैयाँ पैसा साठी) गरी जम्मा रू.६,५८,५१३।६० (छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ साठी पैसा) निज भरत प्रसाद उपाध्याय र राधिका देवी शर्मा मिली बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित हुन आएकोले निजहरू हे.अ. भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रू.६,५८,५१३।६० ( छ लाख अन्ठाउन्न हजार पाँचसय तेह्र रूपैयाँ पैसा साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (ङ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको विगो निज प्रतिवादीहरूबाट ऐ ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेतको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24