बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२६ गते ।
------------------------------------------

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर (करार) आकाश श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,०००।–(पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

निज सव-इन्जिनियर (करार) आकाश श्रेष्ठले सेवाग्राहीको घरको तेस्रो किस्ता रकम निकाशाको लागि स्थलगत प्रतिवेदन तयार गरी सिफारिश गरिदिने प्रयोजनको लागि रू.२५,०००।–(पच्चीस हजार) घुस/रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रू.२५,०००।–(पच्चीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26