साविक पोखरा नगरपालिका हाल पोखरा महानगरपालिका वडा नं.१० कास्कीमा कार्यरत शिक्षिका सहायकस्तर तृतीय ( अप्राविधिक) मुखीया पदमा कार्यरत विष्णु कुमारी पराजुली उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२४ गते ।
------------------------------------------
पोखरा महानगरपालिका वडा नं.१० मा कार्यरत विष्णु कुमारी पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्रहरू झुठ्ठा भएको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज शिक्षिका विष्णु कुमारी पराजुलीले पोखरा नगरपालिका कार्यालय (यु.वि.एस.) कार्यक्रमअन्तर्गत शिशु स्याहार केन्द्रको करार शिक्षिका पदमा नियुक्ति हुने उद्देश्यले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी गरिएको मध्यमा तहको झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायकस्तर (तृतीय मुखीया) शिक्षिका पदमा कार्यरत रही सरकारी लाभ सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) तथा साविक भ्रष्टाचार निवारण ऐन,२०१८ को दफा १२ र दफा २९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24