लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटीका वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२४ गते ।
--------------------------------------------- 

जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत घुस रिसवत बुझी धनगढीतर्फ गइरहेको  भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज सुरेशचन्द्र डि.सीलाई घुस रिसवत मध्येको रू.३,२६,०००।–(तीन लाख छब्बीस हजार मात्र) घुस रिसवत रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सि.ले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिएबापत सेवाग्राहीसँग रू.५,६०,०००।– (पाच लाख साठी हजार) माग गरेको भन्ने देखिएतापनि निजबाट रू. ३,२६,०००।– (तीन लाख छब्बीस हजार) बरामद भएकोले निजले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको तथ्य प्रमाणहरूवाट पुष्टि हुन आएकोले निजलाई विगो रू. ३,२६,०००।–(तीन लाख छब्बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी घुस रिसवत बापत लिएको रू. ३,२६,०००।– (तीन लाख छब्बीस हजार) निजबाट ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदावी लिइएको ।

प्रतिवादी सुसन जोशीले निज वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सि.लाई उपलब्ध गराउन सेवाग्राहीबाट रू.५,४५,०००।–(पाँच लाख पैतालीस हजार) लिइ सो मध्ये रू.३,२६,०००।– (तीन लाख छब्बीस हजार) वन अधिकृत सुरेशचन्द्र डि.सी.लाई उपलब्ध गराईदिएको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निज सुसन जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) वमोजिमको कसुरमा घुस/रिसवत वापत लिएको रकम रू.५,४५,०००।–(पाँच लाख पैतालीस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत लिएको रकम रू.५,४५,०००।– (पाँच लाख पैतालिस हजार) ऐ.ऐनको दफा ३ को उपदफा (२) वमोजिम असुल गरी जफत हुन मागदावी लिइएको ।

साथै उजुरी निवेदक चुरामणी अर्यालले राष्ट्रसेवक वा अन्य व्यक्तिलाई आफ्नो काम गराउनका लागि  रू.५,४५,०००।-(पाँच लाख पैतालीस हजार) घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) वमोजिमको कसुर गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएतापनि निजले अनुसन्धान कार्यमा सत्य तथ्य खुलाई सहयोग गरेको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीको रूपमा प्रस्तुत गरियो ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24