अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते
----------------------------------------- 
साउदी अरेवियन नागरिक Alzahrani Mohammed Hussain A लाई साउदी अरेवियन दूतावास र नेपालको अद्यागमन विभागका केही कर्मचारीहरूले मिलेमतोमा रेकर्डसमेत नराखी गैर-पर्यटकीय भिसाबापतको रकम सरकारको राजस्व खातामा दाखिला नगरी गैर-पर्यकटीय भिसा दिई प्रस्थान अनुमतिसमेत दिइसके पछि लेनदेनमा कुरा नमिली पुन: पक्राउ गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गैर-पर्यटकीय भिसा शाखामा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीले निजको जिम्मामा रहेका नं. ००१९५५ को सक्कलै गैर-पर्यटकीय भिसा दुरुपयोग गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) को कसुर गरेको संलग्न कागज प्रमाणबाट पुष्टि हुन आएको हुँदा प्रचलित अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली बमोजिमको प्रक्रिया पूरा नगरी निज साउदी अरेबियन नागरिक Alzaharani Mohammed Hussain A को नं. P७५८५६७ को राहदानीमा टाँस गरी जारी गरेको भिसा स्टिकरबापत नेपाल सरकारलाई हानीनोक्सानी भएको भिसाबापतको ७२८ (सातसय अठ्ठाईस) अमेरिकन डलर, बिलम्ब शुल्कबापत १०९२ (एक हजार बयानब्बे) अमेरिकी डलरसहित जम्मा १८२० अमेरिकी डलरको तत्कालीन मितिमा कायम रहेको विदेशी मुद्रा बिनिमय दर १(एक) अमेरिकी डलरको ने.रू. १०६।०५ ले हुन आउने नेपाली रुपैयाँ रू.१,९३,०११।-(अक्षरेपी एक लाख त्रियानब्बे हजार एघार रुपैयाँ) र अध्यागमन ऐन, २०४९ को दफा १०(४) को कसुरबमोजिम हुने जरिवाना रू.५०,०००।-(अक्षरेपी पचास हजार रुपैयाँ) समेत कुल रकम रू.२,४३,०११।- (अक्षरेपी दुई लाख त्रिचालीस हजार एघार रुपैयाँ) बिगो कायम गरी निज सुरेश सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजायँ गर्न ऐ. ऐनको दफा ७ बमोजिम उक्त विगो रू.२,४३,०११।- को दोब्बर रू. ४,८६,०२२।–(अक्षरेपी चार लाख छयासी हजार बाईस रुपैयाँ) जरिवानाको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24