मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते ।
------------------------------------
मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवरले जग्गाको रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज मालपोत अधिकृत अविनाश कुँवरलाई सेवाग्राहीसँग रु.५९,०००।– (अक्षरुपी उनान्साठी हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज अविनाश कुवँरले जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत सेवाग्राहीसँग रु.५९,०००।– (अक्षरुपी उनान्साठी हजार) घुस/ रिसवत लिएको तथ्य पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निजलाई विगो रु.५९,०००।– (अक्षरुपी उनान्साठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet