नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।२३ गते
-------------------------------------------

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा र चौथो तहका कर्मचारी मेघराज काफ्लेले थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू मेघराज काफ्लेसमेतलाई  सेवाग्राहीबाट रू.४६,५५५।–(छयालीस हजार पाँच सय पचपन्न) घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू नायब सुब्बा (पाँचौं तह) विजय कुमार महरा र फोरम्यान (चौथो तह) मेघराज काफ्लेले सेवाग्राहीसँग थ्रीफेज लाईन जडान गरीदिने कार्यको लागि पहिलो पटक रू.९०,०००।–(नब्बे हजार) र दोस्रो पटक रू.४६,५५५।–( छयालीस हजार पाँचसय पचपन्न) गरी जम्मा रू १,३६,५५५।-(एक लाख छत्तीस हजार पाँच सय पचपन्न) घुस /रिसवत लिएको र निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिँदा निजहरूलाई विगो रू. १,३६,५५५।–(एक लाख छत्तीस हजार पाँच सय पचपन्न) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

साथै उजुरी निबेदक राजु आचार्यले थ्रीफेज विद्युतीय लाईन जडान गर्ने कार्यको लागि विजयकुमार महरासमेतलाई वारदात हुनुपूर्व नै रू.९०,०००।–(नब्बे हजार) उपलब्ध गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा(१) को देहाय (ग) बमोजिम सजाय हुनु पर्नेमा, निज राजु आचार्यले घुस /रिसवत सम्बन्धी कसुरको उजुरी निबेदन दिई अनुसन्धानमा समेत सहयोग गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिमको सजाय मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरिने।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24