जिल्ला अदालत महोत्तरीका नापी सर्भेक्षक मोहन यादव उपर आरोपपत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति- मिति २०७६।०५।२२ गते ।
--------------------------------------------
महोत्तरी जिल्ला अदालत,जलेश्वरमा कार्यरत नापी सर्वेक्षक मोहन यादवले महोत्तरी जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सम्बन्धमा स्थलगत नापजाँच गरी घर नक्शा अनुसार नभएको भनि विभिन्न बहाना बनाइ उक्त मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले निज नापी सर्वेक्षक मोहन यादवलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.१,५०,०००।– (अक्षरुपी एक लाख पचास हजार) लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज सर्भेक्षक मोहन यादवले सेवाग्राहीको जग्गा खिचोला सम्बन्धी मुद्दा मिलाईदिने भनि सेवाग्राहीसँग रू.१,५०,०००।- एक लाख पचास हजार) घुस रिसवत लिएको तथ्य पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिँदा निजलाई विगो रू. १,५०,०००।–( एक लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Tweet