सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीका गंगालाल श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२० गते ।
------------------------------------------
सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा निज गंगालाल श्रेष्ठ धरौटीमा छुटी पुन: जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु  पर्‍यो भनि घुस रिसवत दिन्छु भनी प्रहरी कर्मचारीलाई प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भक्तपुर नगरपालिका वडा नं.-१ बस्ने निज गंगालाल श्रेष्ठलाई प्रहरी कर्मचारीलाई रू.४०,०००।– (चालीस हजार) घुस रिसवत दिन खोज्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा राष्ट्रसेवक प्रहरी कर्मचारीलाई जुवा/तास खेल्न, खेलाउन सहज वातावरण बनाईदिन भनी घुस/रिसवतबापत दिएको देखिन आएकोले निज गंगालाल श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रू.४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय गरी घुस/रिसवतबापत दिएको रकम बिगो रू.४०,०००।– (चालीस हजार) ऐनको दफा ३ को उपदफा (१) बमोजिम जपत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24