भँगाहा नगरपालिका वडा नं.- ८, महोत्तरीका वडा अध्यक्ष मो.रफिक आलमसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२० गते ।
------------------------------------------
जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस/रिसवत माग गरिरहेकोमा उक्त घुस/रिसवत असुल गराउने ऐ वडाका सदस्य कारी साहु तेली जमानी जिम्मा बसी निजले छोरा मुकेश साहलाई घुस रिसवत लिन पठाउँदैछ भन्ने प्राप्त उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट  खटिई गएको टोलीले निज मुकेश साहलाई सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित रङ्गेहात नियन्त्रणमा लिई सोधपुछ गरी वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाईसमेत रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू वडा सदस्य कारी साहु तेली र वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्रहीसँग धर्मपुर सडक नाला तथा पी.सी.सी. ढलानको कार्य सम्पन्न पश्चात रू.१,६०,०००/- (एक लाख साठी हजार) प्रत्यक्ष संलग्नतामा घुस/रिसवत लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरू कारी साहु तेली र मो.रफिक आलमलाई जनही बिगो रू.१,६०,०००/- (एक लाख साठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिईएको ।

साथै मुकेश साहले निजको बाबु कारी साहु तेलीले भनेबमोजिम सेवाग्रहीसँग आफूसमेतलाई लाभ लिने उद्देश्यबाट रू.१,६०,०००/- (एक लाख साठी हजार) घुस रकम लिएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा मतियारको भूमिका निर्वाह गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज मुकेश साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम बिगो रू.१,६०,०००/- (एक लाख साठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24